• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
मोफसल समाचार
चलचित्र प्रेम गीत २ को कभरगीत छनौट अभियान तिब्र, विजेता जित्नेछन् नगद एक लाख
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

दमक, ५ जेठ । नेपाली कथानक चलचित्र प्रेम गीत २ को शिर्ष गीत कभरगीत छनौट अभियानलाई तिब्र बनाएको छ ।  

चलचित्र निर्माणपक्षले आज झापाको दमकमा पत्रकारहरु संग गरेको भेटघाट कार्यक्रममा यस्तो जानकारी गराएको हो । चलचित्र प्रमेगीत दर्शकहरुमाझ निकै लोकप्रिय बनेपछि निर्माण पक्षले प्रेमगीत २ निर्माण गर्न लागेको छ । उक्त चलचित्रको शिर्षगीत छनौटकालागि निर्माण पक्षले प्रतिभा खोजि अभियानलाई अहिले स्वदेश तथा विदेशमा समेत तिव्र बनाएको चलचित्र प्रेम गीत २ का प्रचार संयोजक किरण आचार्यले जानकारी दिनुभयो ।

अघिल्लो पटक समेत खोजि अभियानबाट नै चलचित्रको शिर्षगीत खोजी गरिएको थियो । जसको प्रभाब बजारमा राम्रो परेको देखेपछि निर्माण पक्षले प्रेम गीत २ कालागि पनि गाँउ घर तिर लुकेका प्रतिभा पाउनकालागि अभियानलाई तिव्रपारिएको आचार्यले जानकारी दिनुभयो । जसकालागि आफुले गाएको गीतलाई असार २० गते सम्ममा यूव टयूवमा भिडीयो सहित अपलोड गरिसक्नु पर्ने चलचित्रका निर्माता सन्तोष सेनले जानकारी दिनुभयो । उक्त गीतको दर्शक संख्याको आधारम शिर्ष दश गीत छनौट गरि भदौको पहिलो साता भब्य कार्यक्रमका विच विजेता घोषित गरिने सेनले जानकारी दिनुभयो । सामाजि उत्तर दायित्व अन्र्तगत शुरुगरिएको यो अभियानका विजेता एक पुरुष र एक महिलाले जनही नगद एक लाख समेत प्राप्तगर्ने सेनले जानकारी दिनुभयो ।
 
 

Comments