• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
नुवाकोटको ककनीमा ‘माओवादी केन्द्र’ र शिवपुरीमा नेपाली काँग्रेस विजयी
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

नुवाकोट, ५ जेठ । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लजिता लामाले तीन हजार ६९७ मत ल्याउनुभएको छ । ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा काँग्रेस विजयी भएको छ ।

ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाईं, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा काँग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी हुनुभएको ककनी गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

नुवाकोटको शिवपुरीमा नेपाली काँग्रेस विजयी

नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित छवटा वडाको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

अध्यक्षमा काँग्रेसका रामकृष्ण थापाले तीन हजार ८१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमबहादुर उप्रेतीले तीन हजार ५३२ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा काँग्रेसका मञ्जु केसीले तीन हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मङ्गलमाया प्रजापतीले तीन हजार ५७३ मत प्राप्त गर्नुभएको छ ।

शिवपुरीमा आठवटा वडा रहेकामा छवटा वडामा काँग्रेस र दुईवटा वडामा एमाले विजयी हुन सफल भएको छ । वडा नं १ मा काँग्रेसका महेन्द्रराज खत्री, वडा नं २ मा काँग्रेसका रुद्रबहादुर गुरुङ, वडा नं ३ मा काँग्रेसकै रामहरि थापा, वडा नं ४ मा काँग्रेसकै झमकराज गुरुङ, वडा नं ५ मा एमालेका सीताराम थापा, वडा नंं ६ मा काँग्रेसका लालबहादुर तामाङ, वडा नंं ७ मा काँग्रेसका माधवप्रसाद भेटवाल र वडा नं ८ मा एमालेका पदमबहादुर थपलिया वडाध्यक्षमा निर्वाचन हुनुभएको छ ।

Comments