• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
स्थानीय निर्वाचन : अहिले सम्म ३ हजार २ सय ८५ प्रतिनिधि निर्वाचित
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

४ जेठ । वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट तीन हजार २ सय ८५ प्रतिनिधि निर्वा्चित भएको औपचारिक जानकारी निर्वाचन आयोगले दिएको छ । 

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र बाट प्राप्त जानकारीअनुसार, ९४ स्थानीय तहको मतगणना सकिएको छ । पछिल्लो विवरणअनुसार, नगरप्रमुख र अध्यक्ष ९४, उपाध्यक्ष र उपप्रमुख ९४, वडाध्यक्ष ७ सय ७८, वडा सदस्य एक हजार १ सय ८२, महिला सदस्य ५ सय ९५ र दलित महिला सदस्य ५ सय ४२ निर्वा्चित भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 


 

Comments