• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
चुनावमा सोचेजस्तो अपेक्षित परिणाम अाएन : नेपाली कांग्रेस
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

काठमाण्डाै, ४ जेठ ।  नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा सोचेजस्तो अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको काग्रेस शिर्ष नेता तथा काठमाडौमा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले  दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय समेत गरेको छ । बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिणामको समीक्षा गर्दे दोस्रो चरणको चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बैठकमा संबिधान संसोधनका बिषय र सरकार परिवर्तनका बिषयमा पनि छलफल भएको उहाले जानकारी दिनुभयो । त्यस्तै काग्रेस केन्द्रीय महेश आचार्यले पनि अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै माओवादी काग्रेसबिच सरकार गठनका समयमा भएको सहमति र पूर्वसहमति अनुसार माओवादी अध्यक्ष पुष्प कमल दाहालले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने आचार्यले जानकारी दिनुभयो । 
 

Comments