• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
सरकारले थरुहट तराई-मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

४ जेठ । सरकारले थरुहट तराई-मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनकारीलाइ लगाइएको मुद्दा फिर्ता गर्नका लागि आगमी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र निर्वाचनका क्रममा झडपमा मारिएका दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति स्वरूप परिवारलाई जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । बैठकले  सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा धरानका पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाको चिकित्सा क्षेत्रबाट आम नागरिकले समेत सेवा लिन पाउने निर्णय बैठकले गरेको उहाले जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले हिमालको प्रभाव चुरे क्षेत्रमा र चुरे क्षेत्रको प्रभाव हिमाली क्षेत्रमा पर्ने भएकाले चुरे क्षेत्रलाई संरक्षण गर्ने निर्णय पनि गरेको छ ।

Comments