• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
व्यवस्थापिका संसदको अधिवेशन विहीबारबाट अन्त्य
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

४ जेठ । व्यवस्थापिका संसदको अधिवेशन विहीबारबाट अन्त्य हुने भएको छ । 

विहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख ओनसरी घर्तीले अधिवेशन अन्त्य भएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी छ ।  २०७३ सालको बैशाख २१ गते शुरु भएको यो अधिवेशन लगातर अहिलेसम्म चलिरहेको हो । अधिवेशन अन्त्य भएपनि तत्कालै वर्षे अधिवेशन बोलाउने सरकारको तयारी छ । सरकारले जेठ १५ गते काम चलाउन बजेट ल्याउने तयारी गरेको छ । विहीबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधिश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढ्ला कि नबढ्ला भन्ने चासोका साथ हेरिएका बेला अधिवेशन नै स्थगित हुने भएको हो ।

Comments