• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा संघीय जाच ब्यूरो एफबीआइका निर्देशक कोमीलाई पदबाट बर्खास्त
प्रकाशित मिति: बुधबार, बैशाख २७, २०७४

२७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका छन् ।

कोमीलाई पूर्व विदेशमन्त्री एवं ट्रम्पका राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ली गरेको भन्दै पदबाट बर्खास्त गरिएको हो । गत साता अमेरिकी कंग्रेस समक्ष कोमीले क्लिन्टन ईमेल प्रकरणबारे गलत सूचना दिएको खबर बाहिर आएको थियो । क्लिन्टनले आफनो हारमा कोमीलाई जिम्मेवार ठहर्याएकी थिइन् । एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससंगको सांठगँंठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको थियो । चार वर्ष अघि नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्षको बाँकी थियो । 
 

Comments