• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुदै
प्रकाशित मिति: मंगलबार, बैशाख २६, २०७४

२६, बैशाख । दक्षिण कोरियामा नया राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ ।

कार्यकाल पूरा गनु अघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि नया राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको हो । निर्वाचनमा वामपन्थी झुकाव राख्ने मून जे–इन र मध्यमार्गी विचारधाराका आन चल सू बीच प्रतिस्पर्धा हुने बताइएको छ । तर मत सर्वेक्षणमा भने मून जे–इनको जित सुनिश्चित रहेको देखाइएको छ । सन् २०१२ मा कोरियामा भएको राष्ट्रपतिको निर्वाचनमा मून जे–इन सामान्य मत अन्तरले मात्र पार्क गुन हेसँग पराजित भएका थिए । पछिल्ला दिनमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको दुरी बढ्दो क्रममा छ । राष्ट्रपतिका दाबेदार उम्मेदवार मून जे–इन उत्तर कोरियासँग सम्पर्क बढाउने पक्षमा छन् । तर यसअघिका राष्ट्रपति पार्क गुन हे प्योङप्याङसगको सबै सम्बन्ध अन्त्य गरिदिएका थिए । 

Comments