• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
खेलकुद
एसियन बडीबिल्डीङ प्रतियोगितामा यारो फिटनेश दमकका विकाश धिमालले सहभागिता जनाउने
प्रकाशित मिति: सोमबार, बैशाख २५, २०७४

दमक, २५  बैशाख । आउँदो जेठ ४ देखी ७ गतेसम्म मंगोलियाको राजधानी उलनवटरमा हुन गई रहेको ५१ औ ए एफ बि एफ  एसियन बडीबिल्डीङ प्रतियोगितामा नेपालको तर्फबाट विकाश धिमालले सहभागिता जनाउने भएका छन ।

यारो फिटनेश तालिम केन्द्रले  झापाको दमकमा आयोजना गरको पत्रकार भेटघाटमा यस्तो जानकारी गराइएको हो । यारो फिटनेशका प्रशिक्षक समेत रहेका धिमालले नेपालको तर्फबाट ६३ किलो तौल समु्हमा क्लासिकल बडिबिल्डीङमा सहभागिता जनाउने यारो फिटनेशका संचालक रकि धिमालले जानकारी दिनुभयो । सो कार्यक्रममा संचालक धिमालले विशेष गरेर युवाहरुलाई कुलतबाट जोगाउदै शारिरिक रुपमा सक्षम बनाउदै राष्ट्र निर्माणकालागि स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले विगत ५ वर्षयता दमकमा सेवा प्रदान गर्र्दै आएको संचालक धिमालले बताउनु भयो ।

पेशाले शिक्षक समेत रहनु भएका बिकाश धिमालले यस अघि नेपालमा भएका मिष्टर मोरङ २०६७, मिष्टर कोशी २०६७-६८ प्रमथ मिष्टर पुर्वाञ्चल २०६८-६९ यसैगरि ६५ कीलो तौल समुहको मिष्टर  हिमालय २०६८ मा मिष्टर नेपाल र २०७३ मा ६५ किलो तौल समुहको मिष्टर धर्मश्री उपाधि जितिसक्नु भएको छ । विशेष गरेर शारिरिक सु—संगठनकालागि खेलिने यो खेलमा लागेका खेलाडीहरुका लागि राज्यको समेत ध्यान जान नसक्दा आर्थिक समस्या रहेको धिमालले गुनासो गर्नुभयो ।

धिमाललाई सो प्रतियोगितामा सहभागिता जनाउनकालागि करिब २ लाख ५० हजार रुपैया आवश्यक पर्ने बताइएको छ । बिकाशलाई प्रतियोगितामा सहभागिता गराउन आर्थिक रुपमा यारो फिटनेश दमकले केहि रकम र बाँकी अपुग रकम विभिन्न संघ संस्था तथा सहयोगी महानुभाव तथा दाताहरुबाट उठाउन लागिएको पनि कार्यक्रममा जानकारी गराइएको छ । 

Comments