• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
अन्तर्राष्ट्रिय
फ्रान्सको राष्ट्रपतिमा इमानुयल माक्रोन निर्वाचित
प्रकाशित मिति: सोमबार, बैशाख २५, २०७४

२५, बैशाख । फ्रान्सको राष्ट्रपतिमा इमानुयल माक्रोन निर्वाचित भएका छन् । ३९ वर्षीय माक्रोनले प्रतिस्पर्धी नेतृ मारिन ले पेनलाई भारी मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । 

उनको यो पहिलो निर्वाचित उच्च पद हो । जीतपछि समर्थकलाई सम्वोधन गर्दै उनले आफनो जीत फ्रान्सका लागि नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।  आइतबार सम्पन्न अन्तिम चरणको मतदानमा उनले ६६ दशमलव शून्य ६ प्रतिशत मत पाएका छन् । प्रतिस्पर्धी पेनले ३४ दशमलव ९४ प्रतिशत मत पाइन । २८ युरोपेली राष्ट्रमध्ये सवैभन्दा बढी बेरोजगारी रहेको फ्रान्समा युवा स्वरोजगार नै सवैभन्दा ठूलो चुनावी मुद्दा बनेको थियो। माक्रोनले जलवायु परिवर्तनलाई पनि मुख्य अजेण्डा नै बनाएका थिए ।  सन् १९५८ पछि फ्रान्समा प्रभाव जमाइरहेका ‘सोसलिष्ट र सेन्टर राइट रिपव्लिकन’ पार्टीभन्दा बाहिरका उम्मेद्वार माक्रोनलाई फ्रान्सेली मतदाताले राष्ट्रपतिमा चुनेका हुन । पछिल्लो तीन वर्ष उनले लिएका राजनीतिक मुद्दामा पाएको सफललतासँगै मूलधारका पार्टी र राजनीतिज्ञलाई धरासायी पार्दै उनी वियन भएका हुन् ।

Comments