• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
अन्तर्राष्ट्रिय
विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति सोडि मेड्जोको निधन, एक सय ४६ वर्ष रहेको दाबी
प्रकाशित मिति: मंगलबार, बैशाख १९, २०७४

१९ बैशाख । विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको रुपमा दाबी गरिँदै आएका इन्डोनेसियाका सोडि मेड्जोको निधन भएको छ ।

एमबाह घोटोका नामले पनि चिनेने सोडि मेड्जोको उमेर एक सय ४६ वर्ष रहेको दाबी गरिएको छ । उनको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको हो । सरकारी कागजात अनुसार सोडि मेड्जोको जन्म सन् १८७० को डिसेम्बरमा भएको हो । तर इन्डोनेसियामा सन् १९०० देखि मात्रै जन्मदर्ता गर्न थालिएको थियो । त्यसअघिका कागजात तथा दर्तामा त्रुटी हुने गरेको छ । तथापी सरकारी अधिकारीले भने सोडि मेड्जोका कागजात साँचो रहेको बताएका छन् । गएको अप्रिल १२ गते उनँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ६ दिनको अस्पताल बसाईपछि उनलाई घर लगिएको थियो । उनको  केही दिन अघि मृत्यु भएको बताइएको छ । 

Comments