• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
बिजनेस
आगलागीमा परी एकै घरका तीनजना बालबालिकाको मृत्यु
प्रकाशित मिति: सोमबार, बैशाख ११, २०७४

बाँके, ११ बैशाख । बाँकेमा आगलागीमा परी एकै घरका तीनजना बालबालिकाको मृत्यु भएकोे छ । 

डुडुवा गाउँपालिका–१ कुडुवामा गएराती आगलागी हुँदा मुन्चिलाल मुराउका ६ वर्षका छोरा पवन, ८ वर्षकी छोरी राधना र १० वर्षकी छोरी सोनीको मृ्त्यु भएको हो । । प्रहरीका अनुसार आगो लागेका बेला  यी बालबालिका घर भित्रै  थिए । राति १२ बजेतिर आगो लागेको बताइएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा र दमकलको सहायतामा राति साढे १ बजेतिर आगो भने  नियन्त्रणमा आएको छ । आगलागीका कारण ६ घर र २ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानाएको छ ।
 

Comments