• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
राष्ट्रिय
दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्च : प्रमुख आयुक्त यादव
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

काठमाण्डाै, ८ बैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्च स्तरमा बन्दै गएको बताउनु भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको समाचार सम्प्रेषणबारे संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त यादवले असन्तुष्ट दलहरुको एकताले उनीहरु चुनावमा भाग लिने विश्वास बढेको बताउनुभयो । निर्वाचनको सबै व्यवस्थापन पूरा भएको र अबको केही दिनमै मतदान केन्द्रमा कर्मचारीहरु खटिने उहाको भनाई छ । यादवले निर्वाचनको संवेदनशीलतालाई बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार

आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र जाइकाको समन्वयमा गरिएको कार्यक्रममा विभागका प्रमुख चिरन्जीवी खनालले स्थानीय चुनावमा मिडियाको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Comments