• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
मोफसल समाचार
आइटीएफ तेक्वाण्दाेका विजयी खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

दमक, ८ बैशाख । नवौ पूर्वाञ्चल स्तरिय आइटीएफ तेक्वाण्दाे प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रोत्साहन स्वरुप आज झापाको दमकमा सम्मान गरिएको छ । 

सो प्रतियोगितामा विभिन्न समुहमा विजयी हुने १८ जना खेलाडीहरुलाई प्रोस्तसाहन स्वरुप जिल्ला तेक्वान्दो संघ झापाले सम्मान गरेको हो । यसैगरि सोहि कार्यक्रममा संघले मिक्स मार्शल आर्टका पाँचौ ब्ल्याक बेल्ट रन्दिप राईलाई समेत सम्मान गरिएको छ । राईले बृटिश आर्मीमा रहेर पनि नेपालको तेक्वान्दोे खेलमा महत्वपूर्ण योगदान पुर्याएका भन्नै सम्मान गरिएको हो । सम्मानित राईले सो अवसरमा दमक तेक्वान्दो डोजाङ्गलाई आवश्यक केहि खेल सामाग्रीहरु समेत हस्तान्तरण गर्नुभएको छ । संघका झापा सचिब केदार बस्नेतको अध्यक्षता कार्यक्रम भएको हो । मिक्स मार्शल आर्टका पाँचौ ब्ल्याक बेल्ट सन्दिराईको प्रमुख उपस्थिती तथा पूर्वाञ्चल खेलकुद विकाश समितिका सदस्य दिपेन्द्र दाहालको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

Comments