• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बान्याे, ८० परिवार जोखिममा
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

संखुवासभा, ८ बैशाख । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ ।

अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताउनु भयो । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताउनु भयो । उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल  पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यसँ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ । 

Comments