• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
कालिकोटमा भिरबाट ढुङ्गा खसेर किच्दा ४ जनाको मृत्यु १ जना घाईते
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

कालिकोट, ८ बैशाख ।  कालिकोटको कोटवाडामा भिरबाट ढुङ्गा खसेर किच्दा ४ जनाको मृत्यु  भएको छ । १ जना घाईते भएका छन् । 

एकै परिवारका ३ जना सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । साविकको कुमाल गाउँ ९ का ४० वर्षिय गोर्ख विक, उनकी श्रीमती ३५ वर्षिय धनसिला विक, छोरी वासपुरा विक र मुम्म्रा ४ का लोक बहादुर केसीको मृत्यु भएको डिएसपी योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो । विक परिवार भिरको आडमा बस्ने गरेका थिए भने केसी पानी परेका बेला ओत लागेका बेला भिरबाट ढुङ्गा खसेको थियो । घाईते रकु ८ की १४ वर्षिय भावना देवकोटाको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।   

Comments