• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
पेरिसमा गोलीकाण्ड : आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दकाे दावी
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

८ बैशाख । फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दले दावी गरेका छन् ।

एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएका छन् । इस्लामिक अतिवादी समूह आईएसले घटना आफूले गराएको दावी गरेको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनापछि शहरभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दूकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा आइतवार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको ठीक अगाडी भएको घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीब्र पारिएको जनाइएको छ । राष्ट्रपति निर्वाचनको मूख्य मुद्दा नै इस्लामिक आतंकवाद रहेको छ । सन् २०१५ देखि अहिलेसम्म फ्रान्समा भएको इस्लामिक अतिवादी आक्रमणमा २ सय ३८ जना मारिइसकेका छन् । जस मध्ये धेरै घटनाको जिम्मेवारी आईएसले लिएको छ । 

Comments