• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
राष्ट्रिय
नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी बीच एकताकाे लागी समिति तयार
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

८ बैशाख । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि समिति बनाइएको छ । 

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाली पार्टी एकता संयोजन समिति गठन गरेको घोषणा गर्नु भएको हो । दुई पार्टी एकताका लागि दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीसमेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा र्पुयाउन पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको विज्ञप्तिमा उल्लेख छ । समितिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन् । बिहीबार मात्र मधेशी ६ दलबीच एकता भएको थियो ।

Comments