• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
अन्तर्राष्ट्रिय
सिरियामा रसायनिक हतियार प्रयोग भएकाे दाबी, सेना द्वारा अस्विकार
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

७ बैशाख । सिरियामा दुईहप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रसायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । 

अर्गनाइजेसन फर द प्रोहि बिसन अफ केमिकल वेपन्स (ओपिसि डब्लु) ले कम्तिमा ८७ जनाको मृत्यु हुने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्काे कुनै रसायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको बताएको छ । आक्रमणमा परेका १० जनाबाट लिइएको चा नमुना विभिन्न रवटा प्रयोगशालमा परीक्षण गरिएको हो । परीक्षणबाट रसायनिक हतियार प्रयोग भएको देखिएको ओपिसिडब्लुले जनाएको छ । सरकारी पक्षबाट आक्रमण भएको हो । तर सिरियाली सेनाले रसायनिक हतियार प्रयोग नगरेको दाबी गर्दै आएको छ । आक्रमणका लागि रुसले सहयोग गरेको पनि आरोप छ । रसायनिक आक्रमणपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डालाई लक्षित गरी कारवाही अभियान चलाएको छ । 

Comments