• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्कदै
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

७ बैशाख । नियमित स्वाथ्य परीक्षणका लागि थाईल्याण्ड जानु भएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । 

ओली मध्यान्ह सवा १२ बजे थाई एयरको विमानवाट काठमाण्डौं आईपुग्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली गत चैत्र २६ गते बैङकक जानुभएको थियो । मृगौला प्रत्यारोपण गरेका ओलीलाई २ बर्ष अघि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बैङकक स्थित बुमरुम गार्ड अस्पातालमा भर्ना गराई उपचार गरिएको थियो । त्यसयता ओलीले सोहि अस्पातालमा नियमित स्वास्थ्य परीक्षण गर्दै आउनु भएको छ । अध्यक्ष ओली मुलुक बाहिर भएपछि एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्र लगायत चुनावी रणनिति बनाउन सकेको छैन् । ओली स्वदेश फर्किए लगत्तै एमालेले निर्वाचन घोषणा पत्र र थप रणनिति तय गर्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।     
 

Comments