• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
राष्ट्रिय
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी : परराष्ट्रमन्त्री शरण
प्रकाशित मिति: बुधबार, बैशाख ६, २०७४

काठमाण्डाैँ, ६ बैशाख । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताउनु भएको छ । 

राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहनुभएका मन्त्री डा महतले बुधबार बिहान स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताउनु भएको हो । उहाले राष्ट्रपतिको भ्रमण दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भाव बढाउन फलदायी भएको बताउनु भयो ।  भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री महतले दिनुभयो ।  भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भारत सरकारको वरिष्ठ मन्त्रिगणसँग भेटघाट तथा सौहार्दपूर्ण कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो ।

Comments