• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
अन्तर्राष्ट्रिय
लन्डनकाे एक क्लबमा एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते
प्रकाशित मिति: मंगलबार, बैशाख ५, २०७४

५ बैशाख ।   बेलायतको राजधानी लन्डनमा एउटा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको र बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लन्डन वारुण बाहिनीका प्रवक्ताले एएफपीलाई दिएको जानकारी अनुसार ‘अज्ञात एसिड तत्व’ क्लबमा रमाइरहेका युवामाथि छर्किएपछि क्लबमा रहेका करिब ६ सय मानिसबीच भागदौड मच्चिएको थियो । आक्रमण आतंककारी समूहले गराएको नभई दुई समूहबीचको झडपपछि भएको प्रहरीले जनाएको छ ।  प्रहरीले सख्त घाइते भएका दुई जनालाई नै आक्रमणको निशाना बनाइए पनि वरपर बसेका अन्य व्यक्तिपनि हमलाका कारण घाइते भएको बताएको छ । 

Comments