• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
खेलकुद
दोस्रो मुना कप फुटबल प्रतियोगितामा जोगिन कलेक्सन क्लब विजयी
प्रकाशित मिति: सोमबार, बैशाख ४, २०७४

धरान, ४ बैशाख । दोस्रो मुना कप फुटबल प्रतियोगिताको उपाधि दोस्रो पटक पनि जोगिन कलेक्सन क्लब धरानले हात पारेको छ ।

धरान ५ देवी गाउमा चैत्र २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जोगिनले फ्यान क्लबलाई ट्राइबेकरको आधारमा ५–३ गोल अन्तरले विजयी बन्दै दोस्रो पटक उपाधि उचालेको हो । देवी गाउ खेल मैदानमा भएको फाइनल खेलनिक्कै रोमाञ्चक भएको थियो । पहिलो हाफको ७ औं मिनेट वित्न नपाउदै जोगिनका दोर्जे तामाङले गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए भने मध्यान्तरपछिको खेलमा फ्यान क्लबका बसन्त क्षेत्रीले गोल फर्काएर खेल बराबरीमा पुर्याएपछि खेल ट्राइबेकरमा गएको थियो । उपाधिसंगै विजेता जोगिन क्लबले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्योे भने उपविजेतामा चित्त बुझाएको फ्यान क्लबले नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ । 

Comments