• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
अन्तर्राष्ट्रिय
विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको निधन
प्रकाशित मिति: आइतबार, बैशाख ३, २०७४

३ बैशाख । विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ ।

१९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो । उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देखिन् । आठ भाईबहिनीमा सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीन अण्डा खाने गरेकी थिइन् । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि सय वर्षसम्म जीवित थिए । 
 

Comments