• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
खेलकुद
कञ्चनपुरमा हिन्दु धर्म संस्कृति संरक्षण सम्वद्र्धनका लागी संस्कृति रक्षा दाैड सम्पन्न
प्रकाशित मिति: बिहीबार, चैत्र ३१, २०७३

कञ्चनपुर, ३१ चैत्र । कञ्चनपुरको महेन्द्रनगरमा हिन्दु धर्म संस्कृति संरक्षण सम्वद्र्धनका लागी संस्कृति रक्षा दौडको आयोजना गरीएको छ ।

नया वर्षको उपलक्ष्यमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा हिन्दु स्वयंम सेवक संघ महाकाली विभाग महेन्द्रनगरको आयोजनामा संस्कृति रक्षा दौड आयोजना गरएिको हो । युवा वर्गमा आफ्नो मौलिक धर्म संस्कृति जगेर्ना गर्न उत्प्रेरित गर्ने र हिन्दु धर्म र यस संग सम्वन्धित मौलिक संकृतिको विकासकालागि १० वर्ष देखि कार्यक्रमको आयोजना गरीदै आएको हिन्दु स्वयंम सेवक संघ महाकाली विभाग महेन्द्रनगरका नगर कार्यवाहक प्रमुख उमेश राज पाण्डेले वताउनुभएको छ । रक्षा दौड महेन्द्रनगर स्मारक देखि सुरु भई जिल्ला प्रहरीकार्यालय, बसपार्क, ट्राफिक चोक, जिल्ला प्रशासन कार्यालय हुदै पुन महेन्द्रनगर स्मारक पुगीसमापन गरीएको थियो । दौडमा सहभागी मध्ये प्रथम ,द्धितिय, त्रितिय र सान्तवना स्थान प्राप्त गर्ने लाई क्रमस ५ हजार ५, तिन हजार ५ र २ हजार ५ र सान्त्वना हुने २ जनालाई ५ सय ५ रुपैया नगद प्रदान गरीएको थियो । दौडमा सयौ संख्यामा सर्वसाधारणहरु सहभागी थिए ।

Comments