• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
खेलकुद
धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेट प्रतियोगिता आज देखि सुरु
प्रकाशित मिति: सोमबार, चैत्र २८, २०७३

धनगढी, २८ चैत्र ।  धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेट प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलहरु आज देखि सुरु हुदैछ । 

कैलालीको धनगढीमा आज हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् । त्यस्तै आजै हुने दोश्रो खेलमां शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमने–सामने हुने छन् । प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् । ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ । यसअघि हिजो सम्पन्न उद्घाटनका लागि खेलिएको च्यारिटी खेलमा नेपाल एघार विजयी भएको छ । पारस खड्का नेतृत्वको नेपाल ११ टिमले पदम केसी नेतृत्वको धनगढी ११ लाई ३१ रनले पराजित गरेको हो ।

Comments