• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
बिजनेस
लगातार तेस्रो शून्य चोरी शिकारी वर्ष मनाउने चितवन रानिको उद्देश्य शिकारीका कारण पुरा हुन सकेन
प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७३

चितवन २६ चैत्र । लगातार तेस्रो पटक शून्य चोरी शिकारी वर्ष मनाउने चितवन राष्ट्रिय निकुञ्जको उद्देश्य पूरा हुन सकेको छैन । आगामी वैशाख १९ गते लगातार तेस्रो पटक र समग्रमा पाँचौ पटक शून्य चोरी शिकारी वर्ष मनाउने चितवन राष्ट्रिय निकुञ्जको तयारी शिकारीका कारण पुरा हुन नसकेको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार राति चोरी शिकारीका कारण एक गैंडाको मृत्यु भएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जगतपुरको हरियाली सामुदायिक वनमा शनिबार बिहान मृत गैंडा फेला परेको थियो । मृत गैंडाको खाग चोरी शिकारीले नै लगेको बुझिएको छ ।

घटनाका बारेमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले गैंडाको मृत्यु बारे अहिले केही बताउन नसकिने प्रतिक्रिया दिनुभएको छ । 

Comments