• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
मोफसल समाचार
ताप्लेजुङको पाथिभरामा अाज देखी अखण्ड दीप प्रज्वलन सुरू
प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७३

ताप्लेजुङ, २३ चैत्र । प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आज ताप्लेजुङको पाथिभरामा स्थापना गरीएको अखण्ड दीप प्रज्वलन गरी सुभारम्भ गर्नुभएको छ ।  

ईटहरीमा रहेको गोर्खा डिपार्टमेण्ट स्टोरका बलराम आचर्यले करीब १० लाख लागतमा बनाउनुभएको अखण्ड दीप राम नवमी पर्वको अवसर पारेर प्रधानसेनापती क्षेत्रीले प्रज्वलन गर्नुभएको हो । नेपाली सेनाको हेलीकोप्टरबाट पाथिभरा आउनुभएका श्रेत्रिले विहान पुजा पाठका साथमा अखण्ड दिप प्रज्वलन गर्नुभएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताउनुभयो । यस अघि सो दिप नेपाली सेनाले नै सदरमुकाम देखि बोकेर पाथिभरा सम्म पुर्याएको थियो । बुधबार प्रज्वलन गरीएको सो दिप कहिल्यै ननिभि बलिरहने पाथिभरा क्षेत्र विकास समितिले बताएको छ ।

पाथिभरामा अखण्ड दिप प्रज्वलन तथा पुजाका लागि आउनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रम अघि ईटहरीस्थित पूर्वी पृतना हेड क्वाटर तथा सो पृतना हेड क्वाटर अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण समेत गर्नुभएको थियो । निरिक्षण भ्रमणका लागि प्रधान सेनापति क्षत्री मंगलबार सुनसरीतर्फ आउनु भएको थियो ।  सोही क्रममा नयाँ रणभिम गुल्मका सेना सहित पूर्वी पृतना अन्तर्गतका फौजहरु सहभागी भई निर्माण गरिएको ताप्लेजुङको पाथिभरा मन्दिर जाने ४ सय ५० मिटर लामो पद मार्गको निरीक्षण गर्नु भएको थियो । 

Comments