• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • राप्रपा (प्र)ले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय
  • पोर्चुगलका जंगलमा आगलागी ,कम्तिमा ३१ जनाको मृत्यु
  • नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
  • विश्व गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
  • धनकुटा दुर्घटनामा एकको मृत्यु
मोफसल समाचार
बिर्तामोडको बि एण्ड सी मा बबाल, संचालकले देखाए मध्यरातमा ताण्डब
सुदिप अधिकारी प्रकाशित मिति: मंगलबार, चैत्र २२, २०७३

झापा, २२ चैत्र ।  अस्पताल भन्ने बित्तिकै बिरामी र तिनका आफन्तले मन्दिर सरह मान्ने गर्छन । त्यहाँ चिकित्सकदेखि संचालक सम्मलाई भगवाननै ठान्छन् बिरामी र तिनका आफन्तले । तर झापाको एक नाम चलेको अस्पतालमा गएराति अचम्मको व्यवहार देखापर्यो । जसले गर्दा बिरामी र तिनका आफन्त रातभर त्रशित भए । 

यो तस्बिर हो बिर्तामोडमा रहेको बिएण्डसि अस्पताल परिसरको । सोमबार राति करिब साढे ११ बजे तिर अस्पताल परिसरमा एउटा गाडी भित्र आउछ र त्यहाँ पार्किङ गरिएका अन्य केहि गाडीमा ठोक्काउछ । यो क्रम केहिबेरसम्म चल्छ । त्यसपछि अस्पतालमा रहेका बिरामी र तिनका आफन्त डराउछन् । केहि क्षणपछि भिड बढ्दै जान्छ । त्यसपछि सबैलाई साम्य पारेर अस्पताल परिसरमा ठोक्काईएका गाडीहरु जेसिबीको सहायतामा त्यहाँबाट हटाईन्छ । त्यसपछि हामीले अस्पतालका जिम्मेवार ब्यक्तीहरुसँग यस बिषयमा बुझ्ने प्रयास गर्यौ तर उहाहरुको फोन उठेन ।

हामीले त्यहाँ जनसम्पर्क अधिकारी प्रमिस गिरिलाई फोन गर्यो उहाले मिडियाबाट भनेपछि हेल्लो हेल्लो हेल्लो भनेर फोन काट्नुभयो । त्यसपछि पनि हामीले उहालाई निरन्तर सम्पर्क गर्यौ तर उहाको फोन उठेन र अन्तत मोबाएल स्विच अफ गरियो । त्यसपछि हामीले अस्पतालका मेनेजिङ डाईरेक्टर दुर्गा प्रसाईलाई सम्पर्कको प्रयास गर्यौ तर त्यसमा पनि हामी बिफल भयौं । नाम उल्लेख नगर्ने सर्तमा घटनाका एकजना प्रत्यक्षदर्शीका अनुसार रातको करिब साढे ११ बजे यो घटना भएको थियो । घटना गराउने ब्यक्ती मादक पदार्थ सेवन गरेर लठ्ठ भएकोजस्तो देखिन्थे । उनी चिच्याउदै, म सँग अरबौं सम्पत्ती छ । कसले के गर्न सक्छ भन्दै थिए । 


त्यसपछि हामीले ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी केशब थेबेसँग सम्पर्क गर्यौ । उहाले टेलिफोनमा हामीसँग गरेको कुराकानी अनुसार त्यहा अस्पताल संचालकहरु बिचको बिबाद अस्पताल परिसरमा छताछुल्ल भएको थियो । डिएसपी थेबेका अनुसार त्यसरी मध्यरातमा अस्पताल परिसरमा ताण्डब मच्चाउने अरु कोही नभएर सोही अस्पतालका संचालक मध्येका एक राम गिरी हुन् । डिएसपी थेबेका अनुसार अस्पताल प्रशासनबाट यो घटनालाई लिएर प्रहरीमा कुनै उजुरी परेको छैन । बिर्तामोडको बि एण्ड सि अस्पतालमा सोमबार राति भएको घटना पक्कैपनि राम्रो भने होईन । बिरामी र तिनका आफन्तलाई नै त्रशित बनाएर थप पीडा दिनेलाई प्रशासनले कार्बाहीको दायरामा ल्याउन आवस्यक छ । 


 

Comments