• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
राष्ट्रिय
प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी चैत्र १० गते चीन भ्रमणमा, भ्रमण औपचारिक मात्र हुने
प्रकाशित मिति: मंगलबार, चैत्र ८, २०७३

काठमाण्डाै, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत्र १० गतेदेखि गर्ने चीन भ्रमण औपचारिक मात्र हुने भएको छ । 

प्रधानमन्त्री दाहाल चैत १० गते राति ११ बजे परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै गोन्जाओ प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दाहालले हाइनानमा हुने बोवाओ सम्मेलनमा २५ तारिख सम्बोधन गर्ने कार्यक्रम छ । चिनिया कम्युनिष्ट पार्टीको आयोजनामा हुन लागेको बोवाओ सम्मेलनको निम्तो मान्न जान लागेका प्रधानमन्त्रीले २६ तारिखमा बेइजिङमा चिनिया राष्ट्रपति सि चिनपिङलाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री चीनमा रहदा समकक्षी चिनिया प्रधानमन्त्री लि किङ र परराष्ट्र मन्त्री अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाने भएकाले भेट नहुने भएकाले कुनै औपचारिक सम्झौतामा हस्ताक्षर नहुने भएको हो । चीनसग यसअघिको सरकारले गरेका सम्झौता कार्यन्वयन पत्र (प्रोटोकल) मा हस्ताक्षर तथा वन वेल्ट वन रोड (ओबीओआर) को समझदारी पत्रमा हस्ताक्षर गर्ने नेपालले तयारी गरेको थियो ।


 

 

Comments