• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
धरानमा प्रहरीकै संलग्नतामा काठ तस्करी
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

धरान, ७ चैत्र । धरानमा प्रहरीकै संलग्नतामा काठ तस्करी हुने गरेको पाइएको छ । 

धरान २० विष्णुपादुकाको भवानी थान सामुदायिक वनबाट काठ तस्करी गर्दै गरको अवस्था बोलेरो गाडी सहित पक्राउ गरि सेक्टर बन कार्यालय धरानमा बुझाइएको छ । काठ तस्करीमा सलग्न विष्णुपादुका अस्थायी प्रहरी पोष्टका इन्चार्ज खेमबहादुर कुवर र प्रहरी जवान गंगा लिम्बु सहित धरान १८का  विवेक लिम्बु, चालक विराटनगर ५ का नगरेन्द्र कार्कीलाई पक्राउ गरिएको हो । को १ च ६३८१ नम्बरको बोलेरो जिपमा साविकको विष्णुपादुका गाविस ८ र हालको धरान २० वरडाडा भन्ने स्थानबाट पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनुभयो ।

वन उपभोक्ता समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएको जानकारी दिएपछि प्रहरीसहित वन कार्यालयका कर्मचारीले पक्राउ गरेको सेक्टर बन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो ।  यस्तै तस्कारीमा प्रहरीले प्रयोग गरेको को ४ प ८००७ नम्बरको पल्सर मोटर साइकल समेत बरामद गरिएको छ  ।  बोलेरोमा १९ किवी सखुवाको काठ रहेको बन कार्यालयले जनाएको छ । 
 

Comments