• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु, २० जना भन्दा धेरै घाईते
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

७ चैत्र ।  घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु भएको  छ । 

घानाको ब्रोङ–अहा फोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो । घटनास्थलमै १८ जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको त्याहाका सरकारी अधिकारीले जनाएको छन् ।  घटनामा २० जना भन्दा धेरै घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको बताइएको छ । घटना लगतै रुखमा च्यापिएका मानिसको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको बिबिसीले जनाएको छ । घटनामा परि मृत्यभएकाहरु र घाइते हुनेमा धेरै स्थानीय विद्यालयका विद्यार्थी रहेका थिए भने केही पर्यटक समेत रहेको विविसीले जनाएको छ ।
 


 

Comments