• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
राष्ट्रिय
पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सातौँ स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

झापा, ७ चैत्र  ।  नेपाली कंग्रेसका तात्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सातौँ  स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिर्दैछ । 

उहाको सम्झनामा आज देशैभर कांग्रेस र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । २०६६ साल चैत्र ७ गते कोईरालाको ८५ वर्षको उमेरमा निधन भएको थियो । चार पटक नेपालका प्रधानमन्त्री भएका कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री कोईरालाको नेतृत्वमा शान्ति प्रक्रियाबारेको सहमतिको खाका तयार पारिएको थियो । शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन हुँदै मुलुकले गणतन्त्र नेपालको संविधान पाएपनि त्यसको कार्यान्वयन भने अझै अन्योलमा नै छ ।  पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेस दोस्रो शक्ति बनेपछि तात्कालिन नेकपा माओवादी नेतृत्वमा बनेको सरकारलाई साथ र समर्थन गर्दै कोईरालाले संविधान निर्माणको क्रमको थालनी गर्नुभएको थियो ।  

Comments