• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
राष्ट्रिय
नलसिङ गाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गर्ने निर्णय
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

काठमाण्डाैँ, ६ चैत्र । नलसिङ गाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गर्ने निर्णय भएको छ  । 

सिंहदरबारमा आज बसेको व्यबस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले सो आयोजनाको  इन्जिनियरिङ सर्वेक्षण, डिजाईन तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन परामर्श दाता छनौटमा अनियमितता भएकोबारे छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।  निर्माणाधिन ४ सय १० मेघावाट आयोजनाको सम्भाव्यता अध्ययनका लागि परामर्श दाता छनौटमा देखिएको अनियमितता छानवीनका लागि उपसमिति गठन गर्ने निर्णय लिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  समितिको अर्को बैठकले उपसमितिका सदस्यहरु चयन गर्नेछ । उपसमितिलाई एक महिना भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन तयार पार्ने कार्यादेश पनि दिइएको छ । 

समितिको बैठकमा आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले खरिद नियमावलीको दफा ३७ अनुसार परामर्श दाता छनौट गरिएको बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले आयोजनाको परामर्श दाता छनौटमा आर्थिक चलखेल हुन आएको देखिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।  नलसिङ गाड जलविद्युत  आयोजना जाजरकोटमा रहेको ४ सय १० मेगावाटको निर्माणाधिन जलविद्युत आयोजना हो ।

Comments