• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
राष्ट्रिय
स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने : केपी ओली
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

बाँके, ६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ । 

एमाले बाँके प्रचार विभागद्वारा आईतबार नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाले निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्न नहुने धारणा राख्नुभयो । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्ने भन्दै सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुराउने बताउनुभयो । उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो ।

पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहर्याउने बताउनुभयो ।

Comments