• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
राष्ट्रिय
संविधान संशोधन पारित नभएपनि चुनाव रोकिदैन : चक्रपाणि खनाल
प्रकाशित मिति: शनिबार, चैत्र ५, २०७३

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन पारित नभएपनि चुनाव अब नरोकिने स्पष्ट पार्नुभएको छ । 
 रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले मधेशी मोर्चासँग कुरा नमिल्दा पनि अब चुनाव नरोकिने स्पष्ट पार्नुभएको हो ।

खनालले स्थानीय तह कार्यान्वयनको काम सुरु भैरहेकोले जनतामा अहिले नयाँ उत्साह देखिएको बताउनुभयो ।

आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले सरकार त्यही अनुरुप गम्भिर भएर निर्वाचनको तयारीमा जुटेको उहाले बताउनुभयो । 

Comments