• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा अदालतबाट रोक
प्रकाशित मिति: बिहीबार, चैत्र ३, २०७३

३ चैत्र ।  मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशलाई अमेरिकी एक अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । 

अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला गरेको हो । संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् । ट्रम्पको आदेशविरुद्ध अमेरिकाका विभिन्न अदालतमा मुद्दा दायर गरिएको थियो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गरेका हुन् । यसैगरी राष्ट्रपति ट्रम्पले कुनै पनि शरणार्थीलाई १ सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी निर्देशन पनि जारी गरेका थिए । यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगत्तै गत जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गरेका थिए । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन । 
 

Comments