• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
हवाई आक्रमणमा दशजना हक्कानी लडाकू मारिए
प्रकाशित मिति: मंगलबार, चैत्र १, २०७३

 १ चैत । अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ ।

गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन् । घटनामा मारिनेहरुको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनास्थल राजधानी काबुलदेखि १५५ किलोमिटर दक्षिणतर्फ पर्दछ । तालिवानी समूहसँग नजिक रहेका हक्कानी लडाकूहरुले अफगानिस्तानको राजधानी काबुल र पूर्वी राज्यहरुमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । उनीहरुले विषेशगरी सुरक्षा निकायका उच्च पदाधिकारीहरुलाई बढी आक्रमण गर्ने गरेका छन् ।

आक्रमणका कारण ठूलो मात्रामा विस्फोटक पदार्थ, लाइट आदिसहित दुईवटा सवारी साधन नष्ट भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले सरकारविरोधी गतिविधि गरिरहेका समूहहरुका विरुद्धको सुरक्षा कारबाही चलाइरहेको छ । हक्कानी समूहलाई संयुक्त राष्ट्रसङ्घले सन् २०१२ देखि आतङ्कारीको सूचीमा राखेको छ ।

Comments