• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
खेलकुद
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याबीचको दोस्रो खेल सुरू
प्रकाशित मिति: सोमबार, फाल्गुण ३०, २०७३

३० फाल्गुण । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याबीचको दोस्रो खेल सुरू भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ्ग गरिरहेको छ । खेलको शुरुमै नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालका मेहबुम आलमले खेलको शुरुवाती अवस्थामै २ विकेट लिएका छन् । जारी खेलमा १५ ओभरको खेल सकिदा केन्याले २ विकेट गुमाएर  ४० रन बनाएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । केन्यासंग आज हुने दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुनेछ । तर आजको खेलको शुरुवाती अवस्थाले खेल जितको रणनितिमा अघि बढेको देखिन्छ । आजको खेल जितेको खण्डमा नेपालले केन्या विरुद्ध एउटा कोशेढुंगा पार गर्नेछ । पहिलो खेलमा नेपाललाई हराएको केन्या प्रतियोगितामा पाच खेल बाँकी रहदा १० अंकसहित पाँचौं स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैठौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्युगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११÷११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् । च्याम्पियनसिपमा केन्यापछि नेपालले हङकङसँग उसकै मैदानमा तथा युएईसँग तटस्थ मैदानमा दुई दुईवटा खेल खेल्नेछ ।
 

Comments