• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
सिरियाको राजधानी दमास्क नजिक छुट्टाछुटै बम विष्फोट, कम्तीमा ४० जनाको मृत्यु, १ सय २० भन्दा बढी घाइते
प्रकाशित मिति: आइतबार, फाल्गुण २९, २०७३

२९ फाल्गुण ।  सिरियाको राजधानी दमास्कस नजिक भएका दुई वटा बिस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

घटनामा १ सय २० जना भन्दा बढी घाइते भएका छन् । सिया मुसलमान समुदायको पवित्र धार्मिकस्थलमा भएका विस्फोट के उद्देश्यले गराइएको थियो भन्ने विषयमा सञ्चारमाध्यमहरुमा फरक–फरक धारणा आएका छन् । बाल अल साघिर चिहान क्षेत्रमा भएका दुई वटा विस्फोट भएको र घटनामा थुप्रैको मृत्यु भएको सिरियाको राष्ट्रिय समाचार संस्था सानाले जनाएको छ । सो चिहान क्षेत्रमा सिरियाका थुप्रै महत्वपूर्ण सिया समुदायका धर्म गुरुहरुको शव गाडिएको सानाले बताएको छ । सिरियाली अधिकारीलाई उदृत गर्दै अरब अल मानर टेलिभिजनले दुई विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको जनाएको छ । अरबी सञ्चारमाध्यमहरुले सिया मुसलमानका धर्म गुरुहरुको मृत शरीर राखिएको ठाउलाई असर र्पुयाउने ध्येयका साथ विस्फोट गराइएको जनाएका छन् भने कतिपय सञ्चारमाध्यमले उत्तर क्षेत्रमा इस्लामिक स्टेट आइएस समूहलाई लक्षित गरी सिरियाली प्रशासनले आक्रमण गरेको बताएका छन् ।
 

Comments