• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
खेलकुद
आइसीसी बल्र्ड क्रिकेट लिगको पाँचौ चरणको खेलका लागी केन्याली टोली आज काठमाडौं आउने
प्रकाशित मिति: बिहीबार, फाल्गुण २६, २०७३

२६, फाल्गुण । आइसीसी बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ चरणको खेलका लागी केन्याली टोली आज काठमाडौं आउने भएको छ । 

नेपाल विरुद्धको खेलका लागी खेल पदाधिकारी र १४ सदस्यीय केन्याली टोली मध्यान्ह काठमाडौं आईपुग्ने नेपाली क्रिकेट टेक्निकल एनलिष्ट रमन सिवाकोटिले जानकारी दिएका छन् । एक साताको भारतमा आफ्नो प्रशिक्षण सकेपछि केन्याली टोली त्यहीबाट काठमाडौ आउन लागेको बताइएको छ । राकेप पटेलको कप्तानीमा रहेको केन्याली टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीले भोली मैदानको निरिक्षण गरेर सामान्य अभ्यास गर्नेछ । बल्र्ड क्रिकेट लिग च्याम्पियन्सीपका शीर्ष चार टोलीले बिश्वकपको छनौट खेल खेल्न पाउने भएकाले नेपाली टोलीलाई केन्याबिरुद्ध घरेलु भूमिमा जित्नै पर्ने दबाब छ । ८ खेलको समाप्तीमा ६ अंक जोडेको नेपाल तालिकाको छैटौ स्थानमा छ ।  समान खेलबाट ८ अंक जोडेको केन्या नेपाल भन्दा एक स्थान माथि पाँचौ स्थानमा छ ।  लिग अन्र्तगत नेपाल र केन्याबीचका दुवै खेल कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आगामी शनिबार र सोमबार हुनेछ । 

Comments