• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
स्वास्थ्य
अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ : मन्त्री थापा
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १३, २०७३

काठमाडौँ, १३ फाल्गुण । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री थापाले आज काठामाडौँको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शय्याको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका अध्यक्ष डा गिर्वाणराज तिमिल्सिनाले कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौँं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । “भविष्यमा यसलाई एसियाकै उत्कृष्ट ट्राभलर सेन्टर बनाउने उद्देश्य छ,” उहाँले भन्नुभयो ।

मुलुकमा विदेशी नागरिकका लागि मात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो । सो अस्पतालबाट बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा पाउनसक्ने बताइएको छ ।

Comments