• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
बिजनेस
दमकमा बजाज कम्पनीको १ सय ६० सिसीको एन एस पल्सर बाइकको बिक्रि शूरु
प्रकाशित मिति: बिहीबार, फाल्गुण १२, २०७३

दमक, १२ फाल्गुण । न्यू संगम इन्टर प्राइजेज दमकले आजदेखि स्थानिय बजारमा बजाज कम्पनीको १ सय ६० सिसीको एन एस पल्सर बाइकको बिक्रि वितरण शूरु गरेको छ ।

नेपाली भुगोल सुहाउदा बजाजका विभिन्न व्राण्डहरु मध्ये भर्खरैमात्र बजाज १ सय ६० सिसीको एन एस पल्सर नेपाली बजारमा ल्याएको हो । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्र्दै स्पोर्ट सेग्मेन्ट अन्र्तगत नयाँ आयमको रुपमा एन एस ब्राण्डको बजाज पल्सरलाई पनि स्थानिय बजारमा विक्रि बितरण शुरु गर्न लागिएको न्यू संगमका प्रोपाइटर संगम शर्माले बताउनु भयो । 

दुइ चक्के सवारीमा नेपालको  ५० प्रतिशत बजार ओगटदै आएको बजाजको एन एस १६० ब्राण्डले पनि नेपाली ग्राहकहरुको मन जित्न सफल हुने शर्माले आशा ब्यक्त गर्नुभयो । २ लाख ५९ हजार ९ सय रुपैया बजार मुल्य रहेको एन एस पल्सर लामो तथा छोटो दुरीको यात्राकालागि समेत आरामदायि रहेको कम्पनीले दावि गरेको छ । कम्पनिले एन एस पल्सर डिटीयस आइ इन्जिन भएको र १५ दशमलब ५ पिएच पावर संगै उत्कृष्ट माइलेज  रहेको दाबि गरेको छ । विशेष गरि युवाहरुलाई लक्षित गरि निर्माण गरिएको बजार व्राण्डको एन एस पल्सर विभिन्न रंगहरुमा नाइट्रोक्स सन्स्पेन्शल भएको मानो शक, हाइड्रोलिक डिस्क ब्रेक, डिजिटल मिटर, वाइड टयूबलेस टायर, डि आर एल –लाइटि¨) ओइल कुलको समेत सुविधा रहेको जनाइएको छ ।

Comments