• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
बिजनेस
विराट एक्स्पो आजबाट शुरु, उर्जामन्त्री शर्माले गरे उद्घाटन
प्रकाशित मिति: बुधबार, फाल्गुण ११, २०७३

विराटनगर, ११ फाल्गुण । विराट एक्स्पो आजबाट शुरु भएको छ ।  आज बिराटनगरको शंकरपुरमा उर्जामन्त्री जनार्दन शर्माले एक्सपोको उद्घाटन गर्नु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भनेर भनिएपनि प्रधानमन्त्री नआएपछि उर्जा मन्त्रीले एक्सपोको उद्घाटन गर्नुभएको हो । उर्जा मन्त्रीलाई पर्खँदा पनि उद्घाटन बिहान साढे १० बजे गर्नेगरी सबौई खबर गरिएको भएपनि झण्डै ३ बजे मात्र कार्यक्रमको उद्घाटन गरिएको थियो ।  बिराटनगर उपमहानगरपालिका ३ मा रहेको शंकरपुर मैदानमा बिराट एक्स्पो शुरु गर्नको लागि सबै अतिथीहरु आइसकेका थिए ।सबैलाई उद्घाटनको लागि भन्दै बिहानै साढे १० बजे नै बोलईएको थियो । त्यसमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भनेपछि सबैको ध्यान एक्स्पो मैदानमा देखिन्थ्यो । तर प्रधानमन्त्री आउन ढिला भयो भनेर पर्खिएका पाहुना अनी मलो अबोकनका लागि आएका दर्शकहरुलाई लामो पर्खाई पटक्कै मन परेको थिएन । 

प्रधानमन्त्रीको पर्खाईमा रहेको स्थानीयहरु अन्त्यमा उर्जा मन्त्री आउने भएपछि थप निराश भए । स्थानीय निकायको चर्चाका बिच प्रधानमन्त्री आउने र केही नयाँ कुरा सुन्ने आशबा बेकेका स्थानीयले त्यो पुरा गर्न पाएनन नै त्यही बिचमा चलेको हावाका कारण स्टेजको दर्शक दिर्घामा टाँकगिएको टेण्ट पनि हावाले ढालेपछि धेरैको भागाभाग भएको थियो । प्रचार समितिका संयोजक नन्दकिशोर राठीले व्यवस्थापकीय कमजोरी रहेको स्वीकार गर्नुभएको छ ।  केही प्राबिधिक त्रुटीका बिच शुरु भएको एक्स्पोबाट धेरैआशा भने गरिएको छ ।  आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार मूल नारासाथ उद्योग संगठन मोरङको आयोजनामा मेलाको आयोजना गरिएको हो । स्वदेशी तथा बिदेशी बस्तुहरुको उत्पादन प्रदर्शनीमा राख्ने तथा स्वदेशी बस्तुको प्रयोगमा जोड दिनको लागि एक्स्पोको आयोजना हुनु सकारात्मक भएकोेले एक्स्पोले उत्पादित बस्तुको प्रबद्र्धनमा टेवा पुग्नेमा धेरै आशादी छन् । 

औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायीकरण, औद्योगिक उत्पादन, प्रविधिबारे जानकारी, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरणको सिर्जना गराउने मुख्य उद्देश्य रहेको छ । उर्जामन्त्री जर्नादन शर्माले श्रोत र साधनको पर्याप्त सम्भावना हुँदा हुँदै पनि मनस्थीतिमा परिवर्तन नभएका कारण बिकासले गति लिन नसकेको बताउनुहुन्छ । औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामान, गार्मेन्ट, खाद्य पदार्थ मेलामा रहेका छ । नेपालका अतिरिक्त भारत, चीन, बंगलादेशका औद्योगिक उत्पादन तथा सेवा गरी २५४ स्टल एक्स्पोमा राखिएको छ ।

Comments