• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
स्वास्थ्य
ट्रम्पको आप्रवासीलाई निकाल्ने नयाँ रणनीति यस्तो छ
प्रकाशित मिति: बुधबार, फाल्गुण ११, २०७३

११ फाल्गुण । अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु गरिने भएको छ । 

आप्रवासीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको निर्णयको विरोध भइरहँदा ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको हो । नयाँ रणनीति अनुसार सबै भन्दा पहिले आवश्यक कागजात बिना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासी निशानामा पर्नेछन् । यस्तोमा गम्भीर आपराधिक गतिविधिमा संलग्नहरु देखि सामान्य ट्राफिक नियम मिचेका, पसलबाट सामान चोरी गरेका सम्मलाई निशाना बनाइनेछ । ट्रम्प प्रशासनको नयाँ रणनीतिले अमेरिकामा रहेका झण्डै एक करोड १० लाख मानिसलाई असर पर्न सक्ने बताइएको छ । तर ओबामा प्रशासन हुँदा अमेरिका पुगेका बालबालिकालाई भने छुट दिइने बिबिसीले जनाएको छ । नयाँ रणनीति लागु गर्न सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुक्त गर्ने तयारी गरेको छ ।

यसअघि केही मुस्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय त्यहाँको अदालतले खारेज गरेको थियो ।

Comments