• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
स्वास्थ्य
देशैभरि पोलियो सुई अभाव
प्रकाशित मिति: आइतबार, माघ २३, २०७३

२३ माघ / अहिले अभाव भएको पोलियो विरुद्धको सुई अबको ७ महिनापछि मात्र आपूर्ति हुने भएको छ ।

 स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले विश्वभर नै पोलियोको सुई अभाव भएकाले नेपालमा पनि अभाव हुने बताउनु भएको हो । पन्तले सुईको साटो थोपा खुवाइने हुँदा आत्तिनु नपर्ने बताउनु भयो । उहाँका अनुसार पोलियोको खोप भने आउँदो सेप्टेम्बर महिनापछि मात्र आपूर्ति हुनेछ । एउटा मात्रै कम्पनीले पोलियो विरुद्धको सुई उत्पादन गर्ने र माग धेरै हुँदा उत्पादनले धान्न नसकिएको पन्तले बताउनु भयो । सुईको अभाव भएपनि सरकारले पोलियो विरुद्ध थोपा खुवाउने अभियान चलाइरहेकाले बालबालिकालाई थोपा खुवाउन सरकारको आग्रह छ ।
 

Comments