• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
बिजनेस
आफ्नै जनश्रमदानबाट सुनसरीको भरौलबासीहरु सडक निर्माण गर्न सफल
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३

सुनसरी । सडकको समस्याका कारण विभिन्न समस्या झेल्दै आएका सुनसरीको भरौलबासीहरुले जनश्रमदानबाट सडक निर्माण गरेका छन् । 

भरौलबासीले भरौलदेखि धरानसम्म जोड्ने ९ किमी बाटो आफै श्रमबाट बनाएका हुन् । सडक सञ्जाल नहुदा बिरामी भएर अस्पताल पुर्याउन, गाउमा उत्पादित कृषि उपजहरु बजारसम्म पुर्याउन उनीहरुलाई निक्कै समस्या थियो । आफ्नै श्रमदानबाट ९ किलोमिटर कच्ची सडक निर्माण गर्न आफुहरु सफल भएको भन्दै स्थानीयहरु खुसी देखिएका छन् । 

आलोपालो गरेर गाविसका २५ जनाले सो बाटो तीन हप्तामा निर्माण गरेको भएपनि अझै समस्या पूर्ण रुपमा नटरेको स्थानीयको भनाई छ । धरान र भरौललाई जोड्ने सर्दु खोलामा पुल नहुदा बर्षातको समयमा अझै पनि धरानसंग सम्पर्क विच्छेद हुने स्थानीय भोजराज घले बताउनुहुन्छ । 

३० मिटर पुलको निर्माण गर्दा करिब १ करोड लाग्ने भएकोले गाउलेले मात्र त्यत्रो रकम संकलन गर्न नसक्ने भएकोले पनि पुल निर्माणका लागि दाताहरुको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनाशो छ । 
 

Comments