• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
राष्ट्रपति निर्वाचनको ह्याकिङ अप्रेसनमा रुसी राष्ट्रपतिको हात रहेको ‘ह्वाइट हाउस’ को आरोप
प्रकाशित मिति: शुक्रबार, पौष १, २०७३

अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले अमेरिकी राष्ट्रपति निर्वाचनको ह्याकिङ अप्रेसनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रत्यक्ष रुपमा सामेल रहेको आरोप लगाएको छ ।

राष्ट्रपति बाराक ओबामाका सल्लाहकार बेन रोड्सका अनुसार रुसी सरकारको काम कारवाहीमा त्यहाँका राष्ट्रपति पुटिनको पकड बलियो भएकाले पनि अमेरिकी निर्वाचनको ह्याकिङबारे पुटिनलाई राम्रो जानकारी रहेको थियो ।

ह्वाइट हाउसका प्रेस सचिव जोश अर्नेस्टले पनि ह्याकिङ मामलामा पुटिन संलग्न रहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति निर्वाचनका बीच रुसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन तथा निर्वाचनलाई प्रभावित तुल्याउन ह्याकरको सहारा लिएको चर्चा चल्दै आएको थियो ।

रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि यस्तो ह्याकिङको आरोप अस्वीकार गरेका छन् ।

 

 

 

Comments