• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
रुसी राष्ट्रपति पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल
प्रकाशित मिति: बिहीबार, मंसिर ३०, २०७३

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल भएका छन् ।
अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरको विश्वका शक्तिशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति पुटिन पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।

शक्तिशाली ब्यक्तिको सूचीमा अमेरिकाको राष्ट्रपति पदमा नवनिर्वाचित डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् । यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल तेस्रो स्थानमा परेकी छिन भने चिनियाँ राष्ट्रपति सी जिनपिङ चौथो स्थानमा परेका छन् ।

पाँचौं स्थानमा भने धर्मगुरु पोप फ्रान्सिस परेका छन् । फोब्र्सले सार्वजनिक गरेको सूचीमा जानेट येलेन छैठौं, विल गेट्स सातौं, ल्यारी पेज आठौंमा परेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा रहेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग भने दसौं स्थानमा परेका छन् । फोब्र्स म्यागाजिनले हरेक वर्ष विश्वका शक्तिशाली ब्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

Comments