• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
अमेरिकाको क्यालिफोर्नियामा आगलागीमा ४० भन्दा बढीको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४० नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् । अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् ।

सो स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो । शुरुमा गोदाम रहेको उक्त हल पछि स्टुडियोमा रुपान्तरण गरिएको थियो । त्यहां फर्निचरका सामग्री रहेकाले आगो नियन्त्रण गर्न कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । सन् १९८९ मा भूकम्पका कारण उत्तरी क्यालिफोर्नियामा ६३ जनाको मृत्यु भएयता यो आगलागीलाई क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा दुःखद घटना मानिएको छ ।

Comments